मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अरुका कुरा पनि सुन्न सुझाव दिएका छन् ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसलाई प्रमुख अतिथिका रुपमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले शाहले आफ्ना कुरा सन्दै नसुनी हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । काठमाडौंका मेयर बालेन शाहले आफूले संघ र प्रदेश सरकारबाट सहयोग नपाएको गुनासो गर्दै आफ्ना कुरा सकेर हिंडेपछि प्रधानमन्त्रीले त्यसको जवाफ फर्काए ।

‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो। पहिला बोलेर अरुका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ’, दाहालले भने, ‘आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भए। अरुका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ।’

मेयर बालेन्द्रले बागमतीका सुकुमम्बासी, तीनकुनेको खाली जग्गा र फोहोर मैला व्यवस्थापनमा आफूसँग छलफल नगरेको पनि उनले बताए। ‘तपाईंले ती समस्याका लागि हामीसँग कति पटक बैठक बस्नु भयो सिंहदरबारमा ?  म जस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ ? ’, उनले भने, ‘ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनु हुन्छ ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ। प्रधानमन्त्रीले बल गर्दैछ भन्ने किन देख्नु भएन ?’

त्यसअघि बोल्दै मेयर शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगाय विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडेका थिए।
बालेनले आफुले गरेको काममा प्रदेश र संघ सरकारले भाँजो हालेकोमा आक्रोश पोखेका थिए । पाँच मिनेटदेखि एक घण्टामा हुने काममा पनि सहयोग नरेकोमा प्रधानमन्त्रीसँग उनले आक्रोश पोखेर उनी मञ्चबाट हिँडेका थिए ।  आफूमाथि आरोप लगाउने अनि प्रमुख अतिथिले बोलेको सुन्दै नसुनि हिँडेको भन्दै प्रचण्ड झोंक्किए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP