मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।  गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले डा‍. गोविन्द केसीलाइृ अनशन बस्न नदिनुको कारण सार्वजनिक गरेको छ ।  शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले डा. केसीको माग प्रदेशबासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध गरेको प्रष्टीकरण दिएको छ।

गेटामा ६ सय शय्याको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग रहे पनि केसी आफूहरुको मागको पक्षमा नरहेकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको बताएको हो।
‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ (गेटा) मा अनसन बस्न नदिएकै हो ।’ संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले भने ।

केसीले मेडिकल विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्न खोजेको समितिको आरोप छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डा. केसीलाई ६०० शय्याको अस्पतालसहितको मेडिकल विश्वविद्यालय स्थापनाको माग समेट्न आग्रह गर्दा आफू विश्वविद्यालयको पक्षधर होइन भनेपछि अनसनमा अवरोध गरेको बताए ।

‘हामीले ६ सय शय्याको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्‍यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन, म यो माग हाल्दिन भन्नुभयो’, पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे  हौ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको  मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौं भनेकै हो ।’

सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना पूरा नभएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनको भनाइ छ ।

शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न खोजेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीलाई संघर्ष समितिले अनसन बस्न अवरोध गरेको थियो । त्यसपछि उनी शुक्रबार साँझ नै  धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP