आइतबार , भाद्र १४, २०८३

काठमाडौं । के काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ  मिलेर नयाँ दल खोल्दैछ्न ?  दुई मेयरको भेटघाटपछि देशमा फेरि नयाँ दल खुल्न लागेको चर्चा परिचर्चा शुरु हुन थालेको छ । र, यसको ‘ग्राउण्ड’ दिएका छन, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले । किनकी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसितको भेटपछि उनले सामाजिक सञ्जालमा जे जसरी विचारहरु व्यक्त गरेका छन, त्यसले प्रष्ट त्यसको संकेत गर्छ र अनुमानलाई बल दिन्छ ।

दुबै मेयरहरुले वर्तमान राजनीतिक दलका नेताहरुप्रति तिखो प्रहार गर्दै आएका छन् भने भ्रष्टाचार र बेथितिको पनि विरोध गर्दै आएका छन् । यस्तैमा काठमाडौँ आएको मौकामा हर्कले  बिहीबार मेयर बालेन शाहसँग १ घण्टा छलफल गरे । बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले छलफल गरेका थिए।
त्यसपछि धरानका मेयर हर्कले लगातार सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन, जहाँ उनले पहिलो पोष्ट काठमाडौंका मेयर बालेनसँगको फोटो राखेर लेखेका छन् , ‘जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान ! ’
। अर्थात लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका यी दुई मेयर अब ‘विशाल’ हुने सोचमा छन  ।

यस्तैमा शुक्रबार सामाजिक सञ्जालमा  साम्पाङले अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत गरेका छन् । ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ? ’, साम्पाङको प्रश्न छ ।

देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को को हुनुहुन्छ ? ’
त्यति मात्रै होईन, उनले फेसबुकमा लेखेका छन, हतार नगर्नु नयाँ शक्ति निर्माण हुनेछ ।’

देशमा ‘परिवर्तन’ ल्याउने दाबीका साथ नयाँ दलहरु खुल्ने क्रम जारी छ । र, नयाँ पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सशक्त ढंगले अघि बढिरहेको छ । यही मेसोमा बालेन र हर्कका तर्फबाट यस्तो कुरा आएको छ, जसले राजनीतिमा नयाँ तरंग उत्पन्न गर्न सक्छ  र त्यो चासोको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP