सोमबार , बैसाख १५, २०८२

काठमाडौं । भिजिट भिसाका नाममा रकम असुलेर नेपालीलाई विदेश पठाएको आरोपमा प्रहरीले ट्राभल्स एजेन्सीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको हो । उनीहरुले अध्यागमन अनधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने डिएसपी गोविन्द पन्थीले जानकारी दिए ।

प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको  छ । प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले खड्कालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजिकरण गरिदिने गरेको खुलेको थियो ।

पक्राउ परेकाहरुले खड्कालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन्  । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP