आइतबार , भाद्र १४, २०८३

भाेजपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलको सरकार २०८४ सालसम्म नटिक्ने दावी गरेका छन्। झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राका क्रममा बिहीबार र भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारका कारण जनताले दु:ख पाएको भन्दै ८४ सालसम्म नटिक्ने दावी गरेका हुन्।

सरकार कुहिएको फल जस्तो भएको भन्दै टिप्पणी गर्दै आलीले सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको तर्क गरे।

उनले कांग्रेसले नै २०८४ सम्म पर्खन नसिकने भनिरहेकाले गठबन्धन कुहिसकेकोले कुनै बेला खस्ने बताए। उनले समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको दाबी गरे।

त्यसका लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनले प्रष्ट पारे। नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उनको भनाइ छ।

देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए। ओलीले संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP