मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का र नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरविन यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

उनीहरुले ट्राभल एजेन्टसँग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिँदालिँदै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले साझा पोष्टलाई जानकारी दिए।

भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उत्तीर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैयाँ देखाउनुपर्ने भएकाले सोहीअनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको पन्थीले बताए । अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउपरेसँगै अन्य केही एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। अहिलेसम्म यो प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।

किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए । नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना  छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP