मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् ।

झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् । पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरे हुन् ।

प्रदेशसभाबाट १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन् । मुख्यमन्त्री कार्की विरुद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP