
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला पहाडी भेगमा आंशिक बदली भएको छ ।
महााशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ। देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ। राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।