मंगलबार , भाद्र १६, २०८३

काठमाडौं /  चालु साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार समयअगावै बन्द भएको छ । आइतार नेप्से परिचसूचक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द गरिएको हो ।

बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार पुन २ मिनेटमा नै अर्को एक प्रतिशत बढेपछि फेरि बजार ४० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार २ मिनेटमा नै पुनः अर्को एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आइतबारको लागि सेयर कारोबार बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ। यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP