मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको टिप्पणी गरेका छन् ।  मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ का क्रममा शनिवार गोरखामा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री ओलीले यस्तो गम्भिर टिप्पणी गरेका हुन् ।

भारतकै कारण पोखरा र लुम्बिनीको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार डराएको उनले बताए । यसमा भारतीय हस्तक्षेप भएको उनले बताए ।
पोखरामा बनेको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार आफैं डराएको उनले दाबी गरे । ‘त्यो एयरपोर्ट चल्न नदिएको पनि के भन्नु सरकारले चलाएको छैन, कसैले चल्न पाउँदैनस् भनेर भित्र भनेपनि बाहिर त भनेको छैन’, उनले भने,  ‘आफ्नो जमिनमा बनेको एयरपोर्ट, आफ्नै जमिनबाट उडाउने आफ्नै जमिनमा ल्याण्ड गर्ने हो तर सरकार कस्तो छ भने पोखरामा विमानस्थल उद्घाटन भएछ भन्यो भने ‘अँ पहिले बनाइहाले के गर्ने’ भन्छन्, ‘हामीले बनायौ अब प्लेन उडाउँछौ भन्ने हिम्मत राख्नुपर्‍यो नि ! ’

चीनलाई मात्र पर्यटक लिएर आउन आग्रह गर्ने हो भने करिव दश लाख पर्यटक आफ्नै बिमानमा राखेर सिधै पोखरा आउने उनले बताए । त्यस्तै लुम्विनी एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान भए बुद्ध धर्मालम्वीहरुको ओइरो लाग्ने उनले जानकारी दिए ।

राष्ट्रियताको मामिलामा हामी कमजोर हुन नहुने बताउँदै उनले लिम्पुयाधुरा, लिपुलेख र कालापानीका प्रश्न उच्च संवादहरुमा उठाउन नसके देशप्रति बेइमानी हुने बताए ।

ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् । ‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग यातायात र पारवहन सम्झौता गर्‍यो भने र देशमा सुशासन ल्यायो भने सरकारबाट सबै मिलेर अठ्याउँछन्’, उनले भने । भारत रिसाउने भन्दै चीनसँग सहयोग लिन डराउँदा नेपालमा धेरै विकासका कामहरु ठप्प भएको उनले दाबी गरे ।

नेपालको आर्थिक अवस्था सुधारका लागी चीनका राष्ट्रपतिले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अन्य पार्टीका नेताहरु भारत रिसाउँछ भन्दै सहयोग लिन डराएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP