मंगलबार , भाद्र १६, २०८३

बुटवल । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न भारतलाई आग्रह गरेका छन् । भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले भारतलाई यस्तो आग्रह गरेका हुन ।

लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको  संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह गरे । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसमेत सहभागी कार्यक्रममा मन्त्री किराँतीले भने, ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम राजदूत मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ ।’ मन्त्री किराँतीले नेपाल, दुई ठूला छिमेकी देश भारत र चीन बीचको पक्की पुल बन्न चाहेको पनि बताए । भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको उल्लेख गर्दै उनले साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको बताए ।

‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्री चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो,’ मन्त्री किराँतीले भने । भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधुरो हुने मन्त्री किराँतीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP