मंगलबार , बैसाख २९, २०८३

काठमाडौं /  एफडीएच क्लिनिकका सञ्चालक डा दिलजान मन्सुर ‘कर्ट’ भूकम्पपीडितको सेवामा खटिएका छन् । पेसाले चिकित्सक भए पनि समाजसेवा गर्न रुचाउने डा कर्टले जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्यसेवासहित ओढ्ने ओछ्याउनेलगायतका राहत सामग्री पनि प्रदान गरेका छन् ।

करिब एक दशकअघि जाजरकोटमै फैलिएको हैजाको महामारीका बेला पनि सेवा गर्न पुगेका उनी अहिले भूकम्पको मारमा परेका जाजरकोटबासीलाई स्वास्थ्यसेवासहितको सहयोग गर्न पुगेका हुन् ।

गत १७ काात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्म जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्धवृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै डा कर्ट उनीहरुको सेवा गर्न जाजरकोट पुगेका हुन् ।

उनले जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का १७० घर परिवारलाई डस्नालगाायतका राहत सामग्री प्रदान गरेका छन् । साथै स्वास्थ्य शिविर नै चलाएर उनले स्वास्थ्य सेवा दिएका छन् । उनले रातको समयमा समेत भूकम्पपीडित बसेका स्थान पालपालमै पुगेर स्वास्थ्यसेवा दिएका छन् । चिसो र पर्याप्त खानाका अभावका कारण मारमा परेका गर्भवती, बालबालिका र वृद्धवृद्धालाई उनीहरु बसेकै स्थानमा पुगेर स्वास्थ्यसेवा दिइरहेको डा कर्टले जानकारी दिए ।

उनका अनुसार भूकम्पपीडितमा चिसोका कारण छातीमा समस्या, रुघाखोकी, ज्वरोको समस्या देखिएको छ ।

करिब एक दशकअघि जाजरकोटमा झाडापखलासहित फैलिएको हैजाको महामारी हुँदा औषधिसहित स्वास्थ्यसेवा दिएका डा कर्टले सो बेला आफ्नो पैतृक सम्पत्ति बेचेर जारजारकोटबासीलाई पानी छान्ने आधुनिक फिल्टर वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP