मंगलबार , बैसाख १६, २०८२

काठमाडौं /  एफडीएच क्लिनिकका सञ्चालक डा दिलजान मन्सुर ‘कर्ट’ भूकम्पपीडितको सेवामा खटिएका छन् । पेसाले चिकित्सक भए पनि समाजसेवा गर्न रुचाउने डा कर्टले जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्यसेवासहित ओढ्ने ओछ्याउनेलगायतका राहत सामग्री पनि प्रदान गरेका छन् ।

करिब एक दशकअघि जाजरकोटमै फैलिएको हैजाको महामारीका बेला पनि सेवा गर्न पुगेका उनी अहिले भूकम्पको मारमा परेका जाजरकोटबासीलाई स्वास्थ्यसेवासहितको सहयोग गर्न पुगेका हुन् ।

गत १७ काात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्म जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्धवृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै डा कर्ट उनीहरुको सेवा गर्न जाजरकोट पुगेका हुन् ।

उनले जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का १७० घर परिवारलाई डस्नालगाायतका राहत सामग्री प्रदान गरेका छन् । साथै स्वास्थ्य शिविर नै चलाएर उनले स्वास्थ्य सेवा दिएका छन् । उनले रातको समयमा समेत भूकम्पपीडित बसेका स्थान पालपालमै पुगेर स्वास्थ्यसेवा दिएका छन् । चिसो र पर्याप्त खानाका अभावका कारण मारमा परेका गर्भवती, बालबालिका र वृद्धवृद्धालाई उनीहरु बसेकै स्थानमा पुगेर स्वास्थ्यसेवा दिइरहेको डा कर्टले जानकारी दिए ।

उनका अनुसार भूकम्पपीडितमा चिसोका कारण छातीमा समस्या, रुघाखोकी, ज्वरोको समस्या देखिएको छ ।

करिब एक दशकअघि जाजरकोटमा झाडापखलासहित फैलिएको हैजाको महामारी हुँदा औषधिसहित स्वास्थ्यसेवा दिएका डा कर्टले सो बेला आफ्नो पैतृक सम्पत्ति बेचेर जारजारकोटबासीलाई पानी छान्ने आधुनिक फिल्टर वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP