मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र प्याजको अभाव भएको छ भने यसको फाइदा लिँदै कृत्रिम मूल्यवृद्धि गरिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य नतोकेपछि मनोमानी रूपमा कृत्रिम मूल्यवृद्धि गरिएको हो । आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध व्यापारीले बिक्री बन्द गरेपछि कालिमाटीले मूल्य नतोकेको जनाएको छ ।

आयातीत मात्र नभई स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यावहारिक निर्णयका कारण व्यापारीले विरोध गरेका हुन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यापारी विरोधमा उत्रेका हुन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयातीत आलु प्याजमा भ्याट लगाउने प्रावधान बनाएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउनेगरी कार्यविधि बनाउने आश्वासन दिएका थिए ।

भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइने तर नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल नपाइने भएकाले समस्या भएको जिकिर व्यवसायीको छ । भारतीय कृषिउपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो । तर, नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर सो कुरा कार्यान्वयनमा नआएपछि व्यवसायी आलु प्याज बिक्री बन्द गरेर विरोधमा उत्रेका हुन् ।

सरकारले आन्तरिक कृषिउपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले भनाइ रहेको छ । सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाएको थियो । यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP