मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । परराष्ट्र मन्त्रालयले श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको छ । रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएपछि परराष्ट्रले नेपालीहरूलाई श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको हो ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न बाहेकलाई रूस जाँदा कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने व्यवस्था गरेको छ । विभागले एनओसी जारी गरेपछि मात्रै रूस जान दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको विषयमा वैदेशिक रोजगार विभागले भने जानकारी नरहेको बताएको छ । श्रम स्वीकृति दिन रोक लगाइएको विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै पत्राचार नभएको विभागका महानिर्देशक मदन दहालले बताए ।

पछिल्लो समय श्रम स्वीकृति लिएर रूस कोही पनि नगएको उनको भनाइ छ । ‘केही दिन अगाडिसम्म २/३ जना गएको थिए । तर, अहिले त त्यस्तो श्रम स्वीकृति लिएर जानेहरू छैनन् । हाम्रो मन्त्रालयमा मार्फत पत्राचार भयो भने रोक्छौँ ।’ उनले भने ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जनाएको थियो । तर, श्रम स्वीकृति लिएर गएका, भिजिट भिसा मार्फत गएका तथा पढ्नको लागि रूस तथा युक्रेन गएका नेपाली दुवै देशको सेनामा भर्ना हुँदै आएका थिए ।

विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा व्यक्तिगत र संस्थागत रूपमा श्रम स्वीकृति लिएर ४२ जना नेपाली रूस गएका छन् । जसमा २७ जना संस्थागत रूपमा र १५ जना व्यक्तिगत श्रम स्वीकृति लिने रहेका छन् । असोजमा ४१ जना गएका थिए ।

युक्रेनमा भने सरकारले यसअघिदेखि नै श्रम स्वीकृति दिन रोक लगाएको थियो । रूसी सेनामा कार्यरत गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई पोखरा, स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गंगाराज मोक्तानको युक्रेनसँगको लडाइँमा मारिएका थिए ।

नेपालले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP