मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ ।

देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सार्वजनिक गर्दै  केन्द्रीय बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा  राष्ट्र बैंकले त्यो भन्दा कम हुने देखेको छ ।

चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ।

त्यस्तै उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा  छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ ।

देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९/०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत  छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो । तर, मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी रहेको छ । खासगरी खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च छ । २०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत  छ ।

बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको दाबी गरिएको छ ।  लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधनान्तर बचत २०८० असोजसम्म ९९ अर्ब रुपैयाँ कायम भएको छ । २०७९ असोजसम्म ८ करोड रुपैयाँ जति विदेशी लगानी आएकोमा चालू आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको देखाएको छ ।

शोधनान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चिती बढ्दै गई २०८० असोजमा १६ खर्ब ४३ अर्ब अर्थात १२.३ अर्ब अमेरिकी डलर पुगेको छ । उक्त सञ्चितीले १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालू आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालू वर्ष १४.९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको छ । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP