मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । मलेसियन कम्पनी एक्जियटाका सिईओले एनसेलबाट बाहिरिँदा नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति सांसदहरुले कडा आपत्ति जनाएका छन्।

संसदको अर्थसमितिमा बोल्दै सांसदहरुले एक्जियटाका सिईओले नेपालप्रतिको धारणा नकारात्मक हुने गरी बोलेकोमा कडा आपत्ति जनाएका हुन् ।
रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले एक्जियटा ग्रुपकै सीईओलाई नै पत्र काट्नुपर्ने बताउँदै नेपालको लगानीको विषयमा अर्थ समितिमा बोलाउनुपर्ने माग गरे । सीईओले नेपालमा लगानीको वातावरण नभएको  र नेपालबाट बाहिरिनु सेयर सदस्यको हित भनेकाले लगानीको वातावरण खराब हुने उनले बताए ।

नेता, श्रीमती, नेताका छोरालाई सिंगापुर घुमाउने पात्रले सेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने उनले बताए। सेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने उनले बताए। आजियटाका प्रबन्धनिर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेले बताए।
रास्वपाकै संसद विराजभक्त श्रेष्ठले कुनै कम्पनीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार गर्नु गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।

माओवादी केन्द्रका गंगा कार्कीले एनसेलले नेपालमा विदेशी लगानी नभित्रिने गरी दिएको अभिव्यक्ति ठीक नभएको बताइन्। यसले नेपालप्रतिको धारणा नै नकारात्मक हुने उनको भनाइ छ। कंग्रेस सांसद दीपक खड्काले कानुनी छिद्रताको प्रयोगगरी सेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताए। नेपालको कानुन निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा रहेको उनको भनाइ छ। खड्काले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने एक्जियटाको भनाइप्रति आपत्ति जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP