मंगलबार , भाद्र १६, २०८३

काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने प्रष्ट पारेको छ ।
बुधबार अर्थ  समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने जानकारी गराएका हुन् ।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि एक्जियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले समितिमा जानकारी गराए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा मन्त्रिपरिषदबाट यसबारे छानबिन गर्न समिति गठन हुने भएकाले उपयुक्त छानबिन हुने पनि उनले प्रष्ट पारे । उनका अनुसार प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर एनसेललाई पत्र पठाइसकिएको छ ।

प्राधिकरणले पठाएको पत्रको जवाफ पनि मंगलबार नै आइसकेको उनले बताए । जवाफमा एनसेलले नियामक निकायका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको अध्यक्ष खनालले जानकारी  दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP