
काठमाडौं । काठमाडौंको न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ‘ओमपाल गोल्ड शप प्रालि प्रालिमा छापा मारेको हो । प्रहरीले सञ्चालक ४१ वर्षीय पाण्डेलाई पक्राउ गर्नुका साथै त्यहाँबाट करिब ७ किलो अवैध सुन बरामद गरेको छ ।
कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ ।