मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानलाई नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् । ‘समृद्धिका लागि संकल्प यात्रा’ कर्णालीको सानी भेरी किनारमा पुग्दा टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका हुन ।

मंगलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादीले स्वागत गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका छन् ।

oli_janardan_3.jpg

उनले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा पुगेकामा अध्यक्ष ओलीलाई धन्यवाद दिए । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ ।

शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेर ओलीको प्रतीक्षामा उभिएका थिए । उनी भूकम्पपछि गृहजिल्लामै छन् । ओलीले दुवै जिल्लाका भुकम्प प्रभावितहरुको अवस्था बुझ्दैछन् ।

oli_janardan_2.jpg
oli_janardan_1.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP