मंगलबार , बैसाख २९, २०८३

पालिगाउँको सिरानका थुम्का र बस्ती चिराचिरा परेको छ। पहाडको काखमा रहेको पाली गाउँ भूकम्पपछि निकै असुरक्षित छ। ‘सबै त्रासमा छौं स्थानीय नरजित रानाले भने, ‘भूकम्पपछि हाम्रो भोक निन्द्रा सबै हरायो। गाउँ तल छ माथि डाँडो भासिएको छ चिराचिरा परेको छ। वर्षात् हुन थालेको छ। चिरा परेको भागमा पानी परेपछि पहिरो आउन सक्ने त्रासमा छौं।’

करिब ६० घरधुरी रहेको पालिगाउँका सबै त्रासमै रहेको उनले सुनाए। ‘त्रिपालमा बसेर पनि हामी सुरक्षित हुने अवस्था छैन। माथिबाट पहाड खस्ने डर छ’, उनले भने, ‘यहाँ बस्न मिल्छ कि मिल्दैन। यस ठाँउको भौगर्भिक अध्ययन गर्न आवश्यक छ। यदि जोखिम यसरी कायमै रहने हो भने बस्ती नै सार्नुपर्ने हुन्छ। यसका लागि सरकारले बेलैमा केही पहल गरोस्।’

परकम्प आइरहेका छन्। जमिन हल्लीरहेको छ। जमिन हल्लिँदा माथि पहाडबाट माटो खसेको देखिन्छ त्यही भएर पनि झन स्थानीय आत्तिने गरेको उनले सुनाए। त्यस्तै, नलगाड नगरपालिका–१ चिउरी गाउँ जहाँ भूकम्पले १३ जनाको ज्यान लिएको थियो। त्यो बस्ती पनि निकै जोखिममा रहेको स्थानीयको भनाइ छ। यसअघि वर्षात्को बेला यो गाउँ केही भासिएको थियो। अहिले पनि ठाउँ–ठाउँमा चिरा परेको छ।

सडक छेउछाउमा पनि चिरा परेका छन्। माथि पहाड छ तल गाउँ छ। पहाडको टुप्पो पनि चिरा परेको छ। भूकम्पको सानो धक्का जाँदा पनि ढुंगा खस्ने गरेका छन्। जसले गर्दा निकै असुरक्षित भएको महसुस गरिरहेको स्थानीय विमल विकले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP