मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गर्दै विश्वास गर्न अपिल गरेका छन् । मलेसियामा नेपाली समुदायलाई  सम्बोधन गर्दै उनले कुनै हालतमा अरु पार्टी जस्तो हुन नदिने वचनबद्धता व्यक्त गरे ।

‘कुनै चर्चित र लोकप्रिय विश्लेषकले यिनीहरु पनि उस्तै हुन् भन्दा विदेशमा पसिना बगाइरहेका तपाईंहरुलाई हो कि क्या हो भन्ने लाग्नसक्छ । तर, होइन, कुनै हालतमा होइन । कुनै हालतमा अरु पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गर्छु । रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।’ उनले भने, रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौं, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याँक्दिनुहोला ।’

रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको उनको दाबी छ ।  ‘यो देशमा योग्य क्षमतावान व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकी दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैं जोख्नुस् । २१ जनाले सांसदको गरिमा जोगाएका छौं । हामी अर्को राजनीतिको पसल थाप्न आएका होइनौं ।’ उनले भने ।

हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरु मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे ।लामिछानेले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । एक घन्टाभित्र कारबाही गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP