मंगलबार , बैसाख २९, २०८३

काठमाडौं  । कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको  तथ्याङ्कले  जनाएको  छ  ।

नेपालको  जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष)  को  नाममा  जमिनको  स्वामित्व  रहेका  छन्  तर  यसमध्ये  ६५.५६  प्रतिशत  हिस्सा  पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् । कृषिगणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व रहेका छन् भने वयस्क महिलाको हकमा यो प्रतिशत २०.८ मात्र रहेका छन् ।

प्रदेशगत  रूपमा  हेर्दा  वयस्क  पुरुषको  यो  प्रतिशत  सबैभन्दा  बढी  ४७.६  प्रतिशत  बागमती  प्रदेशमा र सबैभन्दा कम ४०.१ मधेश प्रदेशमा रहेको छ । वयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी २४.२ प्रतिशत गण्डकी प्रदेशमा र सबैभन्दा कम  १६.३  कर्णाली  प्रदेशमा  रहेको  तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क (१८ वर्ष वा सोभन्दा माथि) कृषि जनसङ्ख्याको प्रतिशत ३१.४ रहेको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा  यो  प्रतिशत  सबैभन्दा  बढी  ३४.६  गण्डकी  प्रदेशमा  र  सबैभन्दा  कम  २९  प्रतिशत  कर्णाली  प्रदेशमा रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP