मंगलबार , बैसाख २९, २०८३

१९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो।

‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के गर्ने रु कसो गर्ने भन्ने तनावमा थिए। त्यसपछि राम्रो कमाई हुने आशमा उनी रुसी सेनामा भर्ना हुने निधोमा पुगे। भिजिट भिसामा असोज १४ गते रुस हिँडे र दुई दिनपछि नै रुसी सेनामा भर्ना भए। तर, दुई महिना नबित्दै उनको मृत्यु भयो। ऋण तिरेर सुखद भविष्यको कल्पना गरेका राजकुमारले कमाएको पैसासमेत स्वदेश पठाउन नपाई मृत्युवरण गर्नुपर्‍यो।

‘आर्थिक संकटमा परेपछि भाइ बिछिप्त थियो,’ राजकुमारका दाइ सनमले अन्नपूर्णसँग भने, ‘व्यवसायले ऋण तिर्न नसक्ने अवस्था भयो। त्यसैकारण एक वर्ष रुसको सेना भएर काम गर्छु भनेको थियो। तर, यस्तो विपत्त आइलाग्यो।’  रुसी सेनामा नजान पटक–पटक सम्झाउँदा पनि राजकुमारले नमानेको दाइ सनमले बताए। ‘म फौजमा काम गरेको मान्छे एक वर्ष त हो नि’ भन्दै उल्टै हामीलाई कन्भिस गर्‍यो,’ दाइ सनमले भने, ‘भिजिट भिसामा गएको भाइ कहिल्यै नफकर्ने भयो।’ राजकुमारको मृत्युको स्पष्ट कारण नखुुले पनि तालिमको क्रममा बंकरमा मृत्यु भएको बताइएको छ।

राजकुमारले रुस पुगेको केही दिनमै दाजु सुमनकुमार रोक्कालाई फोन पनि गरेका थिए। असोज १४ गते रुस पुगेका भाइ राजकुमारले १६ गते नै आफू रुसी सेनामा जागिरे भएको सुनाएका थिए। ‘मैले यस्तो बेलामा सेनामा काम नगर, बरु घर फर्कने भए म टिकट पठाइदिन्छु भनेको थिए, तर उसले मानेन,’ दाइ सनमले भने।

राजकुमारको मृत्युले गाउँ नै शोकमा डुुबेको छ। उनका  श्रीमती, १६ वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्। राजकुमारका छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन्। राजकुमार रुस उडेपछि डेढ वर्षीय छोरी र पत्नी मेलुङघरमै बस्न थालेका हुन। ‘ऋणको भारसँगै भाइ त कहिल्यै नफर्कने गरी गुमायौं,  शव ल्याउनका लागि परराष्ट्र मन्त्रालयमा वडाको सिफारिसअनुसार निवेदन दिएर आएका छौ,’ सुमनकुमारले भने।

यस्तै, इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको रुस–युक्रेन युद्धमा मृत्युको खबरले परिवारमा बज्र थपिएको छ। ०९२००७५१ राहदानी नम्बर भएका गंगाराज वैदेशिक रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए। त्यहींबाट उनी रुसी सेनामा भर्ना भएका थिए। उनले १२ नोभेम्बरमा इलाममा रहेकी पत्नीसँग कुरा गर्दै युक्रेन युद्धमा आफू सात दिन गएर सकुशल रहेको जानकारी दिएका थिए।

त्यसपछि गंगाराज करिब सात दिन आराम गरेपछि पुनः आफूलाई युद्धमा पठाउनसक्ने बताएको पत्नी याङ्गिला शेर्पाले बताइन्। ‘त्यसपछि उहाँ फेरि युद्धमा जानुभयो वा भएन भन्ने यकिन थिएन, पत्नी याङ्गिला शेर्पाले भनिन्, ‘कुरा हुन पाएको थिएन।’ मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गरेको हो। वैदेशिक रोजगारीमा जानुअघि गंगाराज नेपाली सेनामा कार्यरत थिए। गंगाराजकी पत्नी याङ्गिलाले शव घर ल्याउनका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेकी छिन्। गंगाराजकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु, भाउजू छन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP