मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ । नेवार समुदायप्रति दिएको अभिव्यक्तिका सम्बन्धमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । आइतबार काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार मङ्सिर १० गते आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले सिंहलाई दोषी ठहर गर्दै १० हजार जरिवाना गराउने फैसला सुनाएको छ ।

स्ट्यान्ड अप कमेडीमा नेवार समुदायको परम्पराको सम्बन्धमा गरेको प्रस्तुति युट्युबमा अपलोड गरेपछि नेवार समुदायले सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । मुख्यतः नेवार समुदायमा प्रचलित बेल विवाह लगायतका विषयमा सिंहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनीविरुद्ध आवाज उठेपछि सिंहले माफी माग्दै उक्त भिडियो युट्युबबाट हटाएका थिए । त्यस लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौँमा नेवार समुदायका तर्फबाट पृथविन्दु महर्जन लगायतका व्यक्तिले जाहेरी दिएका थिए । जाहेरीपछि सिंह २०७९ भदौ १२ गते पक्राउ परेका थिए ।

हिरासतमा रहेकै समयमा सिंहलाई कोरोना सङ्क्रमण भएपछि प्रहरीले सिंहलाई हाजिरी जमानीमा छाडेको थियो । तर कोरोना निको भए लगत्तै सिंहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । सिंहविरुद्ध सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर, सामाजिक रीति स्थितिमा खलल सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

सो मुद्दामाथि आइतबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १६५ बमोजिम ‘सामाजिक रीति स्थितिमा खलल पार्न नहुने’ कसुरमा दोषी ठहर गरेको हो । सो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सकिने कानुनी व्यवस्था छ । सिंहलाई भने १० हजार रुपैयाँ जरिवाना मात्रै गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP