मंगलबार , बैसाख २९, २०८३

लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९र८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये ३ दशमलव ७७ प्रतिशत सर्लाहीवासी छन्। तर परीक्षामा उत्तीर्ण भई सरकारी सेवामा सिफारिस हुनेमा भने गुल्मेली ३ दशमलव ९५ प्रतिशत छन्।

आयोगको वार्षिक तथ्यांकअनुसार आव २०७९/८० मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका पाँच जिल्ला क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाका बासिन्दामा देखिएको छ। तर परीक्षा दिएर उत्तीर्ण भई आयोगबाट सरकारी सेवामा सिफारिस हुनेमा क्रमशः गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका बढी छन्।

उक्त आवमा सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबाट मात्र १६ प्रतिशत ९८१ हजार ४०३ वटा० दरखास्त परे। सोही आवमा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त परेका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा छन्।

ती जिल्लाबाट कुल ३ हजार ७३ मात्र ९०।६३ प्रतिशत० दरखास्त परेका थिए। आव २०७९र८० मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारले आयोगको परीक्षा पास गर्न सकेनन्। आयोगका अनुसार त्यस आवमा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ।

आव २०७९र८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए। यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५७६ जना छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP