मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणतन्त्र फाल्छु भनेर भन्न पाउने अधिकार हरेक नागरिकमा रहेको बताएका छन्। सोमबार नवलपुरको दलदलेस्थित देवचुलीमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गणतन्त्रको विरोध गर्न पाईने बताए ।
थापाले दुर्गा प्रसाईंको नेतृत्वमा भैरहेको गणतन्त्रविरोधी आन्दोलनमा सहभागी हुन भएका महिलालाई पार्टी प्यालेसबाट लखेटेकोमा पनि आपत्ति जनाए । साथै, उनले प्रदर्शनका लागि काठमाडौंमा आएका महिलालाई लखेट्ने को होरु भन्दै प्रश्न समेत गरे।

‘यो व्यवस्था फाल्छु भनेर बकाइदा भन्न पाइन्छ। काठमाडौंमा यो व्यवस्था फाल्छु भनेर केही मान्छेहरू जम्मा भए। कोही पार्टी प्यालेसमा गएर बसेका थिए,’ थापाले भने, ‘ती मान्छेहरूलाई लखट्नेहरू को हुन ?  उनीहरूले काठमाडौंमा गएर गणतन्त्र फाल्छु भन्ने हक अधिकार राख्दछन्। त्यसको रक्षा गर्ने काम राज्यको होइन ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP