
काठमाडौं । दुर्गा प्रसाईंको आन्दोलनमा गएका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ गरेका छन् । गौशालामा भएको प्रदर्शनबाट उनलाई प्रहरीले पक्रेको हो ।
प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित उभिएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेकोहो ।
प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।
यसअघि उनी धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए। सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो।