मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । दुर्गा प्रसाईंको आन्दोलनमा गएका  विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ गरेका छन् । गौशालामा भएको प्रदर्शनबाट उनलाई प्रहरीले पक्रेको हो ।
प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित उभिएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेकोहो ।

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

यसअघि उनी  धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए। सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP