मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा दुई शिशुको शव फेला परेको छ।
मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरपालिका–९ मा रहेको सार्वजनिक सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा आइतबार दुई शिशुको शव फेला परेको हो ।

अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरेर फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ।
स्थानीय कुनै क्लिनिकमा गएर शल्यक्रिया गरी ती शिशु फालेको आशंकामा अनुसन्धान अघि बढाइएको छ । बाटो हिँड्नेले फोहोरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP