मंगलबार , बैसाख २९, २०८३

काठमाडाैं । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ। सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। सैन्य पदमा ३ हजार र सूचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ। देशका विभिन्न ब्यारेकमा पदपूर्तीका लागि सेनाले एकैपटक ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस ७ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने पुस १४ गतेसम्म दरखास्त दिन सकिने छ। सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP