बुधबार , बैसाख १७, २०८२

काठमाडाैं । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ। सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। सैन्य पदमा ३ हजार र सूचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ। देशका विभिन्न ब्यारेकमा पदपूर्तीका लागि सेनाले एकैपटक ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस ७ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने पुस १४ गतेसम्म दरखास्त दिन सकिने छ। सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP