मंगलबार , बैसाख २९, २०८३

काठमाडौं  । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई उत्तर पुस्तिका सार्न दिएका १, उत्तर पुस्तिका च्यातेका २ र मूल उत्तर पुस्तिकामा नभई थप उत्तर पुस्तिकामा मात्र उत्तर लेखेका १ जनालाई आयोगले कारबाही गरेको छ । त्यसै गरी दरखास्त फाराम नै नभरी लिखित परीक्षा दिएका १ जना पनि कारबाहीमा परेको छ ।

त्यसै गरी आयोगले शौचालयबाट फर्कदा खल्तीमा चिट भेटिएका, मोबाइलबाट चिट चोरेका, उत्तर पुस्तिका घरमा लगेर फेरि लोक सेवा आयोगमा फिर्ता ल्याएको जस्ता कार्य गरेकालाई कारबाही गरेको जनाएको छ । यसमा लोक सेवा आयोगले सबैभन्दा बढी अर्कोको उत्तर पुस्तिका सार्नेलाई तीन वर्षसम्म लोक सेवाले लिने कुनै पनि परीक्षामा भाग लिन नदिने कारबाही गरेको छ । अन्यको हकमा भने सामान्य १ वर्ष परीक्षामा सामेल हुन नदिने कारवाही गरेको छ । यसरी परीक्षामा अनियमितता गर्ने परीक्षा केन्द्रमा भने तराईका जिल्ला अग्र स्थानमा देखिएका छन् ।

त्यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमा सबैभन्दा बढी १९ जना नक्कली परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । यसै गरी चिट चोरेका र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेका ५÷५ जना कारबाहीमा परेका छन् । यस्तै, एक जनाले उत्तर पुस्तिका नबुझाई आफैंसँग लिएर गएका थिए । यसमध्ये ३ जनालाई ५ वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP