मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले आपत्ति जनाएको हो ।
कोषले विज्ञप्ति निकालेर पशुपतिनाथ विश्वका करोडौं हिन्दुका एक मात्र आस्थाका केन्द्रविन्दु रहेको स्मरण गराउँदै  हिन्दुहरूको आस्थामा चोट नपुर्याउन आग्रह गरेको छ ।

“समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” कोषले भनेको छ, “पत्रिकाहरूमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्ने\गराउने निर्णय समेत नभएको व्यहोरा जानकारी गराइन्छ ।”

भ्रामक समाचारहरूका कारण हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघातप्रति कोषले आपत्ति जनाएको छ । राष्टिय अस्मिताप्रति आघात पर्ने यस्ता काम कोषले कहिले पनि नगर्ने प्रष्ट पारेको छ । भारतका केही संचार माध्यमले पशुपतिनाथ मन्दिर उत्तराखण्डमा बन्न लागेको भन्ने समाचार छापेपछि कोषले त्यसको प्रतिवाद गरेको हो ।

pashupati.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP