मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनेपाललाई हिन्दू राष्ट्र बनाउन सहमत भैसकेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले कांग्रेस र माओवादी संसदबाटै दुई९तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्न  भित्रभित्रै सहमत भइसकेको दाबी  गरेका हुन् ।
‘खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्।’ मिश्रले लेखेका छन, कांग्रेसबाट प्रस्ताव आउनेछ। माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ। आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन्।’

अहिले आन्दोलनकारीलाई त्यसैका लागि भड्काउने कुरा भैरहेको उनको तर्क छ । ‘आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल संभावना छ।’तर त्यसको उद्देश्य राजतन्त्र फर्किन नदिनु भन्ने विश्लेषण गर्दै मिश्रले राजसंस्था बिनाको हिन्दू राष्ट्र घातक हुने भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उनले हिन्दू राष्ट्रमा सम्झौता नगर्न पनि आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

‘राजसंस्था’ अर्थात मियो बिनाको ‘हिन्दू राष्ट्र’ हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ। त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्नेछ। नेपालको दिर्घकालीन शान्ति र स्थिरता असंभव हुनेछ।’उनी लेख्छन, त्यसैले ‘हिन्दू अधिराज्य’मा संझौता नगर्नुहोला। ‘हिन्दू राष्ट्र’ मात्र भन्दै नभन्नुहोला। ‘हिन्दू राष्ट्र’ त ‘हिन्दू गणतन्त्र’ मा पनि संभव छ। हामीले ‘हिन्दू गणतन्त्र’ चाहेको होइन। राजसंस्था सहितको ‘हिन्दू अधिराज्य’ चाहेको हो।’

ravindra mishra.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP