काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र समर्थनमा झापामा हजारौं समर्थक र शुभचिन्तक सडका निस्केका छन् । झापाको बिर्तामोडमा पूर्वराजाको समर्थनमा जुलुश निस्केको हो ।
यसको आयोजना राजवादी दल राप्रपाले गरेको छ । झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्व राजा त्यहाँ पुगेका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । । र उनले त्यहाँ पैदल हिंडेर समर्थक र शुभचिन्तकका कुरा सुनिरहेका छन । उनको साथमा राप्रपा अध्यक्षसहितको नेतृत्व पंक्ति पनि छ ।
तस्बिर: राप्रपा प्रवक्ता मोहन श्रेष्ठको फेसबुकबाट ।










