
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न निषेध गरेपछि प्रसाईंका समर्थक शुक्रबार गौशालातर्फ गएका हुन्।
शुक्रवार घरबाहिर निस्किन नदिइएको प्रसाईं आज प्रहरीकै स्कर्टिंगमा सिफल पुगेका छन् । सिफलमा खास गरी मंसिर ७ गते बल्खुमा भएको विरोध प्रदर्शनका लागि विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितहरू प्रदर्शनमा सहभागी छन्। केही हिन्दु धर्म गुरुहरु पनि सहभागी छन् । प्रदर्शनका क्रममा उनीहरूले आफ्ना पीडा पनि पोखिरहेका छन्।