मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । बर्दियाको गुलरियास्थित एक घरमा गएराति आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।  एकजना गम्भीर घाइते भएका छन्।

गुलरिया-४ तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मृत्यु हुनेमा भरत चन्दका ७ वर्षका छोरा कृष चन्द, २ वर्षका छोरा कार्तिक चन्द, भरतकी दिदी ३६ वर्षकी राधा बुढा र उनकी ११ वर्षकी छोरी मानुषी बुढा छन्।राधा छोरीलाई लिएर भाइको घरमा पाहुना लाग्न जाँदा घटना भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर भरतकी पत्नी २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको गुलरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP