मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ।

प्रस्तावित न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालका विरुद्ध उजरी आह्वान गरिएको छ । उनीहरु उक्त पदका लागि उपयुक्त छैन भन्ने लागेमा उजुरी दिन भनिएको छ । समितिले सूचना निकालेर उनीविरुद्धका कुनै सूचना भए १० दिनभित्र उजुरी दिन  भनेको छ।

‘सर्वोच्च अदालतका न्यायाधीशहरूको पदमा देहाय अनुसारका व्यक्तिहरूको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दस) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’ संसदीय सुनुवाइ समितिले शनिबार सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

सूचना दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने तर आफ्नो परिचय गोप्य राख्न चाहेमा त्यसो पनि गरिने समितिले जनाएको छ । गत मंगलबार न्याय परिषद्को बैठकले सर्वोच्च अदालत उनीहरुलाई न्यायाधीशमा सिफारिस गरेको हो।यसैबीच पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ।

ujuri.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP