मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले अहिले गणतन्त्रविरुद्ध आन्दोलन चर्काईरहेका छन् । अहिले उनको आन्दोलन काठमाडौं केन्द्रीत छ । दुर्गा प्रसाईं मनमा जे आयो त्यो बोल्छन, जसलाई जे मन लाग्यो त्यही भन्छन् ।

उनले जसलाई जे मन लाग्यो लाञ्छित गरिहाल्छन, कसैले केही सोध्यो कि ‘पैसा माग्न आएको थियो’ भनिदिन्छन, तिनै दुर्गा प्रसाईं अहिले गणतन्त्र विरोधी आन्दोलनको अगुवा छन । उनको पक्षमा हजारौं मान्छेहरु देखिए पनि । गणतन्त्रात्मक शासन व्यवस्था फाल्ने, राजतन्त्र र हिन्दु राज्य ल्याउने उनको घोषणा छ ।

यही क्रममा उनले आफूलाई ‘सरकार’ घोषणा गरेका छन् । उनका अनुसार अहिले देशमा दुई वटा सरकार छ, एउटा सिंहदरबारमा र अर्को मध्यपुर ठिमीमा, जहाँ उनको घर छ । प्रहरीले घरबाहिर जान नदिई घरमै नजरबन्दको अवस्थामा राखेपछि पत्रकार सम्मेलन गर्दै उनले देशमा अहिले  दुई वटा सरकार रहेको बताए । ‘एउटा सरकार सिंहदरबारमा छ अर्को सरकार यहाँ छ यहाँ ठिमीमा दुर्गा प्रसाईंको घरमा ।’ प्रसाईंले पत्रकार सम्मेलनमा भने ।

अन्यायमा परेकोले न्याय खोज्दै आफू कहाँ सय जना जति महिला आएको र उनीहरुलाई आफूले खाने बस्ने व्यवस्था घरमै गरेर राखेको सुनाउँदै उनले आफू पनि सरकार रहेको जिकिर गरे । ‘बस्ने ठाउँ नभएपछि सय जना जति चेलिबेटीलाई घरमा मेस चलाएर खाना खुवाएर राखेको छु । यो सरकारले गर्न पर्ने हो कि दुर्गा प्रसाईले  ?’ उनले भने ।

durga-mahila.JPG

पत्रकार सम्मेनलकै क्रममा महिलाहरुलाई उपस्थित गराउँदै प्रसाइँले पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीको घर घेर्न जाने उनले चेतावनी दिए । अन्यायमा परेकाहरुको आवाज उठाएर के अपराध गरें भन्ने प्रश्न समेत उनले गरे । प्रसाइँले भने– यिनीहरुले मसँग मजाक गरिरहेका छन, महिलाहरु लगेर केपी ओली, प्रचण्ड र देउवाको घर घेर्न जान नपरोस् । ’ उनले यसो भनिरहँदा सहभागी महिलाले हो हो भन्दै आफूहरु जान तयार रहेको बताए । नागरिकको न्यायका लागि गरिएको आन्दोलनलाई राजावादी भनेर गलत प्रचार गरिएको प्रसाईंको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP