बुधबार , बैसाख १७, २०८२

काठमाडौं  ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी(२०’ प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिताको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा उद्घाटन गरे ।
ओलीले बलिङ र ब्याटिङ  दुवै गरेर प्रतियोगिताको उद्घाटन गरे ।  उद्घाटनपछि ओलीले खेलाडीहरूलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।  उनले खेलकुदमा मुलुकलाई समृद्ध बनाउनका लागि खेलाडीलाई व्यवसायिक बनाउनुपर्ने बताएका हुन् । उनले त्यसका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।
kp_oli_cuo1.JPG

मंसिर १५ सम्म पोखरा रंगशालामा चल्ने ‘ प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिमले भाग लिएका छन् । सहभागी टिमलाई २ समूहमा राखिएको छ ।

समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।

kp_oli_cup_2.JPG

विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP