मंगलबार , बैसाख २९, २०८३

काठमाडौं  ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी(२०’ प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिताको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा उद्घाटन गरे ।
ओलीले बलिङ र ब्याटिङ  दुवै गरेर प्रतियोगिताको उद्घाटन गरे ।  उद्घाटनपछि ओलीले खेलाडीहरूलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।  उनले खेलकुदमा मुलुकलाई समृद्ध बनाउनका लागि खेलाडीलाई व्यवसायिक बनाउनुपर्ने बताएका हुन् । उनले त्यसका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

kp_oli_cuo1.JPG

मंसिर १५ सम्म पोखरा रंगशालामा चल्ने ‘ प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिमले भाग लिएका छन् । सहभागी टिमलाई २ समूहमा राखिएको छ ।

समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।

kp_oli_cup_2.JPG

विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP