
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सरकार समक्ष मिति प्रस्ताव गरेको छ । आयोगले माघ ११ गतेको लागि मिति प्रस्ताव गरेको हो ।
बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको मिति प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ।