
काठमाडौं । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भुकम्पविद्हरुले यसलाई २०७२ सालको गोरखा भुकम्पको परकम्प भनेका छन् ।
काठमाडौँ नजिकै भएकाले कडा महसुस गरिएको छ । काठमाडौं उपत्यकाबाहेक अरु ठाउँमा पनि धक्का महशुस गरिएको छ ।
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो क्षति भएको थियो ।