बुधबार , बैसाख १७, २०८२

काठमाण्डाै / भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चौथो चरणको राहत सामग्री पठाएको छ।  अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री सरकारलाई हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ। नेपाल चिकित्सक संघको माग अनुरुप भारतले  राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ।

‘यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन्। जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले बताएको छ।

‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ,’ दूतावासले भनेको छ। यसअघि भारतले जाजरकोट भूकम्प पीडितका लागि तीन चरणमा राहत सामग्री पठाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP