मंगलबार , भाद्र १६, २०८३

काठमाण्डाै / भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चौथो चरणको राहत सामग्री पठाएको छ।  अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री सरकारलाई हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ। नेपाल चिकित्सक संघको माग अनुरुप भारतले  राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ।

‘यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन्। जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले बताएको छ।

‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ,’ दूतावासले भनेको छ। यसअघि भारतले जाजरकोट भूकम्प पीडितका लागि तीन चरणमा राहत सामग्री पठाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP