बुधबार , बैसाख १७, २०८२

काठमाडौं । गएराति महिलाहरुलाई दुर्व्यवहार गर्दै सुतेको ठाउँबाट निकालेको विषयमा नेकपा एमालेको युवा संघले औपचारिक रुपमै मुख खोलेको छ । संगठनले विज्ञप्ति निकालेर यसबारे बोलेको हो । अध्यक्ष क्षितिज थेवेले विज्ञप्ति निकालेर राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गर्ने विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठ भएको आशंका गरेका छन् । युवा संघको नाम लिएर व्यवसायी दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति सुतेकै ठाउँबाट लखेटेको  भिडिओ सार्वजनिक भएपछि संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’

राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन् । ‘नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरुलाई संगठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक संजालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो’, विज्ञप्तिमा भनिएको छ ।उनले भोलि तीनकुनेमा हुने युवा-विद्यार्थी विशेष कार्यकममा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

yuba-sang-state.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP