मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पुरानै भवनमा फर्काइएको छ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मुख्य भवन पुनःनिर्माण भएपछि मन्त्रिपरिषद्को कार्यालय पहिलेकै ठाउँमा ल्याइएको हो।

२०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित आकर्ष हलहरुको समेत प्रयोग सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ कार्यकक्षको उद्घाटन गने । उनले  फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला,’ उनले भने,‘बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’

prachanda-pm-office_new_old.jpg

२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा ल्याउने तयारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

पश्चिम मोहोडाका  विशिष्ट पाहुनासँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

pm-office-4.jpg

माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ सालदेखि गौरीरशर्मा एण्ड न्यु टेक्निकल जेभीमार्फत पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । पुनर्निर्माण प्राधिकरण विघटन भएसँगै शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले यो आयोजना हेरिरहेको थियो ।

pm-office_3.jpg

पुनर्निर्माण सकिएको सिंहदरबारको पश्चिम मोहोडा विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो ।  आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।

pm-office_2.jpg

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP