मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ ।

बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ भित्र निवेदन दिन सूचना गरिएको छ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) पढ्ने १८ वर्षसम्मका बालबालिकाले उक्त छात्रवृत्ति दाबी गर्न सक्ने छन् ।

बोर्डका अनुसार वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार रुपियाँ र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति पाइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुस्ट छात्रवृत्ति उपलब्ध गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP