मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुक्साना कपाली परेकी हुन् ।बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको हो । कपाली ट्रान्सजेण्डर महिला हुन् । उनी आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन् ।उनले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्ने गरेकी छन्।

कानुनकी विद्यार्थी उनी लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गर्छिन्।यसअघि बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP