मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । धनुषाबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेर इलाम गएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

धनुषाधाम नगरपालिका- ९ धारापानीबाट इलाम शैक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ का १२ बर्षिय अर्पण लामा  छन् ।

बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते भएका छन्।दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो।

घाइतेको नामावली :

धनुषा धानुषाधाम नगरपालिका –९ धारापानीका निम्न व्यक्ति घाइते भएका छन्ः

१) वर्ष २० गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य )
२) वर्ष ११ की समीक्षा मोक्तान (सामान्य)
३) वर्ष १२ को शेखर मोक्तान (सामान्य)
४) वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
५) वर्ष ३६ की अन्जु लामा (सामान्य)
६) वर्ष २ की स्नेहरीका लामा (सामान्य)
७) वर्ष ९ की रिजा लामा (सामान्य)
८) वर्ष ११ की काजल नायक (सामान्य)
९) वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०) वर्ष ११ की रितु लामा (सामान्य)
११) वर्ष ४० की सुन माया लामा (सामान्य)
१२) वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३) वर्ष १३ को सौगात लामा (सामान्य)
१४) वर्ष १४ की बर्षा तामाङ (सामान्य)
१५) वर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)
१६) वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७) वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८) वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९) वर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)
२०) वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१) वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)
२२) वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर रहेको )
२३) वर्ष ३५ की मनवति लामा (सामान्य)
२४) वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२५) वर्ष १८ की प्रतिक्षा लामा (सामान्)
२६) वर्ष ४५ की लाल कुमारी लामा (सामान्य)
२७) वर्ष ४० को बिर बहादुर मोक्ता (प्रप्रका सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको)
२८) वर्ष १५ को करण मोक्तान (सामान्य)
२९) वर्ष १६ की कुसुम घिसिङ (सामान्य)
३०) वर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)
३१) वर्ष ३५ को अनिल परियार (सामान्य)
३२) वर्ष ३० की रचना घिसिङ (सामान्य)
३३) वर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)
३४) वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३५) वर्ष १६ की समिक्षा लामा (सामान्य)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP