
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् ।
प्रथम महिला सविता पौडेलसँगै पुजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घ दिए । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल र त्यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे ।
राष्ट्रपति पौडेल गुह्वेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।