मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् ।

९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । थाइल्यान्डकी सुन्दरी दोस्रो र अष्ट्रेलियाकी सुन्दरी तेस्रो भईन् ।

 ‘यदि तपाईँ एक वर्ष अर्को कुनै महिलाको रूपमा बाँच्न सक्नुहुन्छ भने कसलाई र किन रोज्नुहुन्छ ? ’भन्ने मिस युनिभर्सको फाइनलमा सोधिएको अन्तिम प्रश्नको जवाफले निकारागुवाकी सुन्दरीलाई मिस यूनिभर्स बनायो ।

अष्ट्रेलियाकी सुन्दरीले आफ्नी आमाको भूमिकामा बाँच्न चाहने बताइन् । मिस थाल्ल्यान्डले मलाला युसफजाइको नाम लिइन् । मिस निकारागुवाको जवाफ भने फरक अनपेक्षित जवाफ दिएकी थिइन् । उनले मेरी वलस्टोनक्र्याफ्टको नाम लिइन्, जो महिला अधिकार अभियन्ता र महिलावादकी प्रणेता हुन् । सोही जवाफले उनलाई मिस युनिभर्सको ताज दिलायो । २३ वर्षीया पलासियोसले आमसञ्चारमा स्नातक गरेकी छन् र टेलिभिजन होस्टका रूपमा कार्यरत छिन् ।

नेपालकी ग्यारेटले पहिलो ‘प्लस साइज मोडल’ का रूपमा मिस युनिभर्समा निकै चर्चा पाएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई व्यापक हाइलाइट गरेका थिए । तर, उनले अपेक्षित सफलता पाउन सकिनन् । उनी टप १० मा पुग्न असफल भईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP