मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले मंसिर २८ गतेसम्म आफ्ना माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले आइतबार विज्ञप्ति जारी गरी  माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका  गर्दै आफ्ना माग र समयसीमका विषयमा जानकारी गराएका छन् ।

डा केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका छन् ।

यस्तै, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने प्रकृया अगाडि बढाउनसमेत केसीले माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP