मंगलबार , भाद्र १६, २०८३

सिओल । दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ । जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । दक्षिण कोरियाको सत्तारुढ दलका प्रमुखले आफ्नो पार्टीले कुकुरको मासु खान प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाली कुकुर खाने प्रचलनको विदेशमा आलोचना भएसँगै आन्तरिक स्तरमा पनि यसको विरोध बढिरहेको छ । जसका कारण हालैका वर्षहरूमा दक्षिण कोरियाका युवाहरूले कुकुरको मासु खानबाट जोगिइरहेका छन् र यसको विरोध पनि गरिरहेका छन्।

‘कुकुरको मासु उपभोगमा विशेष ऐन बनाएर सामाजिक विवाद अन्त्य गर्ने बेला आएको छ,’ सत्तारुढ पीपुल्स पावर पार्टीका नीति प्रमुख यु इउई डोङले सरकारी अधिकारीहरूसँगको भेटमा भने। सरकार र सत्तारुढ दलले यसै वर्ष प्रतिबन्ध कार्यान्वयन गर्न विधेयक ल्याउने युले बताए । बैठकमा कृषि मन्त्री चुङ ह्वाङ क्युनले सरकारले छिट्टै प्रतिबन्ध लागू गर्ने र कुकुरको मासु उद्योगमा संलग्न व्यक्तिहरूलाई आफ्नो व्यवसाय बन्द गर्ने राम्रो अवसर खोज्ने अनुमति दिने बताए।

कुकुरको मासु खानु कोरियाली प्रायद्वीपमा शताब्दीयौं पुरानो परम्परा हो र कुकुरको मासु खानु भनेको गर्मीबाट बच्ने उपायको रूपमा हेरिन्छ। दक्षिण कोरियाका पशु अधिकार समूहहरूले कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारीमा खुशी व्यक्त गरेका छन्। ह्युमन सोसाइटी इन्टरनेशनलले एक विज्ञप्तिमार्फत भन्यो, ‘हामी सबैले क्रूरता अन्त्य गर्न नेतृत्व गरेको जटिल अभियान सपना जस्तै थियो तर अब साकार हुने अवस्थामा छ।’ रोयटर्सका अनुसार गत वर्ष ग्यालप कोरियाको सर्वेक्षणले ६४ प्रतिशत मानिसले कुकुरको मासुको विरोध गरेको देखाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP